स्वास्थ्य सेवा विभागमा मन्त्री बोहराका कारण भाँडभैलो


आर्थिकन्यूज

काठमाडौं,फागुन २ । स्वास्थ्य सेवा विभागमा स्वास्थ्यमन्त्री दीपक बोहरा आएपछि तीन जना महानिर्देशक बनाएका छन् । डा. पुष्पा चौधरी स्वास्थ्या सचिवमा बढुवा भएपछि डा. राजेन्द्र पन्तलाई महानिर्देशक भएका थिए ।

त्यसपछि मन्त्री बोहोराले ११औं तहका डा. तारानाथ पौडेललाई गत महिना मात्र नियुक्त गरेका थिए तर उनको योग्यता माथि प्रश्न उठाउदै डा.पन्तले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि उनी महानिर्देशकबाट फालिए ।

बुधबार पुन मन्त्रिस्तरीय निर्णय गराउँदै मन्त्री बोहोराले डा विनोदमान श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गराएका छन् ।

नियमानुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा १२ औँ तहको कर्मचारी नियुक्त हुनुपर्ने व्यवस्था छ । सर्वोच्चले डा पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएसँगै विवाद उत्पन्न भइरहेको थियो ।

डा श्रेष्ठ महानिर्देशक भएसँगै डा पन्त आफ्नो दरबन्दी रहेको राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुर र डा पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा फर्कनुहुने बुझिएको छ ।

यता मन्त्री बोहोराले महानिर्देशक फेरिरहेपछि विभागको कामकाज पूर्ण थप्प भएको छ । महिनौदेखि सयौ जनाको सरुवा तथा बढुवाको फाइल विभागको दराजमा थन्किएको छ । देशका विभन्न अस्पतालहरुमा कर्मचारी अभावका कारण स्वास्थ्य सेवा नै प्रभावित भएको छ ।

मन्त्री बोहोराले बुधबार नियुक्त गरेका डा. श्रेष्ठको जागिर आगामी महिना सकिदैछ । विभाग स्रोतका अनुसार बारम्बार महानिर्देशक फेरिएकाले विभागका दैनिक कामदेखि विभागलाई संघीय ढाँचामा लैजाने योजना समेत अलपत्र परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया