महिलाका लागि लक्ष्यित गर्दै मेटलाईफको नयाँ योजना


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । मेटलाइफ नेपालले आजलाइफकेयर (Met Life) नामको नयाँ म्यादी बीमालेख थालनी गरेको छ । यस बीमा लेखले जीवनको क्षति, आकस्मिक घटना र चौविस (२४) वटा घातक रोग बापत विस्तृत आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नेपालमा सुरु गरिएको यस किसिमकोे बीमा योजनामा महिलाहरुका लागि विशेष किसिमले तयार गरेका सुविधाहरु एवं समान्यतया सबैका लागि सुहाउँदो सुविधाहरु समावेश गरिएको कम्पनीको दाबी छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “नेपालको बीमा बजारको सुरक्षा रिक्ततालाई पहिचान गरि नेपालमा बढि लाग्ने घातक रोगको लागि यो योजना नेपालमा सुरुवात गर्दा हामी लाईगर्व महसुस भईरहेको छ ।”

उनले थपे, “यस्ता रोगहरुले सम्बन्धितव्यक्ति र उनीहरुको परिवारलाई मानसिक र शारीरिक बोझमात्रनदिई आर्थिक हिसाबले पनि असर गरिरहेको हुन्छ । लाइफकेयरले यस्तो कुनै घातक रोग पत्ता लागेको अवस्थामा सम्बन्धित व्यक्तिएवं उनीहरुको परिवारहरुलाई आवश्यकता अनुसारको आर्थिक सुरक्षा र शान्ती प्रदान गर्नका लागि तयार पारिएको हो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया