एकडारा गाउँपालिका पुग्यो प्रभु बैंक


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । प्रभु बैंक लिमिटेडले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर १ मा शाखा सञ्चालन ल्याएको छ । बुधबार एक कार्यक्रमकाबीच उक्त शाखाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले उद्घाटन गरे ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा महोत्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ महोत्तरीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त राजनारायण पाठकले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकको यस एकडारा शाखा कार्यालय स्थापनापश्चात् यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताए ।

आज देखि सञ्चालनमा आएको यस एक डारा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया