अख्तियारको कार्यवाहक प्रमुखको जिम्मेवारी घिमिरेलाई


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी नवीनकुमार घिमिरेले सम्हालेका छन् ।

बुधबारबाट उनले जिम्मेवारी सम्हालेका हुन् । प्रमुख दीप बस्न्यातले उमेरहदका कारण फागुन १ गतेबाट अवकाश पाएपछि घिमिरेलाई जेष्ठताको आधारमा कार्यवहाक दिइएको हो ।

घिमिरे २०७१ चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया