राष्ट्र बैंकलाई संघीय स्वरुपमा लगिँदै


रोयल आचार्य/आर्थिकन्यूज
राष्ट्र बैंक

काठमाडौं, फाुगन २ । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकको संघीय स्वरुप कस्तो हुने भन्ने विषयमा छलफल शुरू भएको छ । मुलुकमा धमाधम प्रादेशिक सरकार निर्माण भइरहेका बेला राष्ट्र बैंकले आफ्नो संघीय स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल शुरू गरेको हो ।

नेपाल राष्ट्र बैंकलाई संघीय संरचनाको ढाँचामा लैजानका लागि छलफल शुरू भएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडलले आर्थिकन्यूजलाई जानकारी दिए । ‘आज श्रीलंकाको एक विज्ञ टोलीसँग छलफल भएको छ’ प्रवक्ता पौडेलले भने–‘अहिले नै यो मोडालिटीमा जाने भन्ने निष्कर्श निकालिएको छैन, थप छलफलपछि कस्तो मोडालिटीमा जाने भन्ने निश्कर्ष निकालिनेछ ।’ हाल प्रदेश नम्बर २ को जनकपुर र वीरगन्जमा दुई वटा कार्यालय भएको र दुईमध्ये एकलाई अर्को प्रदेशमा स्थानान्तरण गर्ने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

आजको बैठकमा संघीय संरचनाअनुसार लैजान, सञ्चालन विधि र विभाग कति र कस्तो हुने भन्ने विषयमा मात्रै छलफल भएको बताउँदै प्रवक्ता पौडेलले राष्ट्र बैंकलाई संघीय संरचनामा लैजाने विषयमा श्रीलंका र नेपाली सम्मिलित परामर्शदाताले अध्ययन गरिरहेको समेत जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया