प्रधानमन्त्री देउवाको राजिनामा आजै’


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले प्रधानमन्त्री शेर बहादुर देउवाको राजीनमा आजै आउन सक्ने बताएका छन् । बुधबार रिपार्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले निर्वाचन आयोगले प्रतिनिधि सभा समानूपातिकतर्फको परिणाम राष्ट्रपतिसमक्ष बुझाए आजै प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा आउन सक्ने पनि स्पष्ट पारे । उनले भने,‘आयोगले आज मतपरिणाम बुझायो भने प्रधानमन्त्रीज्यूले आजै साँझ राजिनामा दिनुहुन्छ, हामी तयारी अवस्थामा छौं।’

त्यस्तै उनले आफूहरु एमाले–माओवादी केन्द्रबीचको एकताको पक्षमा भएकोले एकतासँगै मुलुकमा आर्थिक समृद्धि र विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री विश्वकर्माले आफू सुरुदेखि नै दुई पार्टीवीचको एकताको पक्षमा रहेकोले एमाले–माओवादीबीच एकता भए मुलुक र जनताको लागि पनि शुभ हुने विश्वास दिलाए । उनले भने,‘म त दुई पार्टी मिल्नुपर्छ भन्ने पक्षको मान्छे हुँ, उहाँहरुबीच एकता भयो भने यो खुशीको कुरा हो, यदि भएन भने पनि उहाँहरुलाई एक बनाउन अर्थात मिलाउनको लागि कांग्रेसले मध्यस्थता गर्छ, म यही मञ्चबाट विश्वास दिलाउन चाहन्छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया