आरबीआई कडा बन्दै, खराब कर्जाको जानकारी हरेक हप्ता बुझाउनु पर्ने


आर्थिकन्यूज

नयाँ दिल्ली,फागुन २ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआइ)ले बैंकको ऋणमा कडाइ गरेको छ । बैंकहरुमा खराब कर्जा बढ्दै गएकोभन्दै मंगलबार नयाँ नीति सार्वजनिक गरेको हो ।

आरबीआइले निर्देशनमा बैंकहरुको खराब कर्जा बढिरहेकाले अब बैंकहको ऋणी डिफल्ट हुने भएको एक हप्ताभित्र केन्द्रीय बैंकलाई जानकारी गराउनु पर्ने नियम बनाएको छ । साथै ऋण ‘रिस्ट्रक्चरिङ्ग कार्यक्रमलाई पूरै बन्द गरिएको जनाएको छ ।

आरबीआइले लोन रिस्ट्रक्चरिङ्ग स्कीम कर्पोरेरेट डेट रिस्ट्रक्चरिङ्ग(सीडिआर),स्ट्रैटजिक डेट रिस्ट्रक्चरिङ्गलाई रोक लगाएको छ ।

आरबीआईको निर्देशनमा २ हजार करोडभन्दा बढी ऋण लिएर डिफल्ट भएका ऋणीको ऋणको बारेमा बैंकले १८० दिन भित्र नयाँ योजना ल्याउन समेत निर्देशन दिएको छ ।

यदि यो समय सिमाभित्र बैंकहरुले उक्त डिफल्ट ऋणीको बारेमा पूर्ण योजना पेश नगरे उक्त ऋणीको खातालाई १५ दिनभित्र अदालत पठाइने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया