सकारात्मक देखियो फागुनको पहिलो शेयर कारोबार


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । फागुन महिनाको पहिलो शेयर कारोबार सकारात्मक देखिएको छ । आज शेयर बजार परिसुचक नेप्से ८ दशमलव ६५ अंकले बढेर १ हजार ३ सय ८८ दशमलव ९४ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

परिसुचकसँगै बुधबारको कारोबार रकममा पनि वृद्धि भएको छ । यसअघिल्लो कारोबार सोमबार २४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा यसदिन १५५ कम्पनीको ३८ करोड ३८ लाख १९ हजार ३०१ रुपैयाँको शेयर किनबेच भएको हो ।

प्रमोटरले उकास्यो कारोबार

बुधबार सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ५० लाख रुपैयाँमाथिको शेयर किनबेच भएको हो । त्यस्तै प्रभु बैंकको ५ करोड ३१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर २ करोड ५१ लाख रुपैयाँमाथिको, प्रुडेन्सियलको संस्थापक शेयर १ करोड ७५ लाख रुपैयाँ माथि, नबिल बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १ करोडमाथिको शेयर खरिदबिक्री भएको देखिएको छ ।  संस्थापक शेयरको किनबेचले बुधबार अघिल्ला दिनहरुको तुलनामा शेयर कारोबार केही बढेको हो ।

सात समूहमा हरियाली

बुधबार नेप्सेमा कारोबार भएका दशसमूहमध्ये सात वटा समूहमा हरियाली छाएको छ भने बाँँकी तीन समूहका सूचक तल झरेका छन् । जसमध्ये बीमा समूह सबैभन्दा धेरै १२१ दशमलव ५२ अंकले बढेको छ । त्यस्तै २० दशमलव ५५ अंकले, जलविद्युत समूह १८ दशमलव २ अंकले, होटल समूह १० दशमलव ३२ अंकले, बैंकिङ समूह ५ दशमलव ६१ अंकले, विकास बैंक २ दशमलव ७२ अंकले र ट्रेडिङ समूह शुन्य दशमलव २६ अंकले बढेका छन् ।

 

सर्वाधिक कमाउनेमा आरसडिसी गुमाउनेमा कञ्चन

यसदिन सर्वाधिक कमाउनेमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य ७ दशमलव ५६ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउनेमा भने कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य ५ दशमलव २१ प्रतिशतले घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया