भारतको केरेलामा रहेको पानी जहाज कारखानामा विस्फोट, पाँचको मृत्यु


आर्थिकन्यूज

नयाँदिल्ली, फागुन २ । भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने एक कारखानामा भएको विस्फोटनमा परी कम्तीमा ५ व्यक्तिको मृत्यु भएको छ । केरला प्रदेशमा मंगलबार भएको सो घटनामा परी अन्य १५ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

केरला राज्यको राजधानी थीरुभानान्थापुरमदेखि २०० किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान मर्मत कारखानामा सो विस्फोटनको घटना भएको हो । एउटा विमान मर्मत भइरहेको अवस्थामा विस्फोटन भएको र त्यसमा परी पाँचको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका एक अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय संवाददाताहरूले घटनामा घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाएका छन् । विस्फोटनमा परेको जहाज राज्य नियन्त्रित तेल र प्राकृतिक ग्यास निगमको भएको बताइएको छ । मर्मतका लागि त्यो जहाज मर्मत स्थलमा लगिएको थियो ।

विस्फोटनको कारण अहिलेसम्म खुल्न नसकेको अधिकारीहरूले बताएका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया