सबैलाई धन्यवाद दिँदै कमल थापाद्वारा ऊर्जा मन्त्रालय ‘बाई–बाई’


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा मन्त्रालयबाट बिदाई भएका छन् । आज बुधबार अथवा भोली प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गर्दैगर्दा उनले भने यसअगावै ऊर्जा मन्त्रालय छोडेका हुन् ।

ऊर्जा मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्रालयका सचिब अनुप उपाध्यायले थापालाई ढाका टोपी र खादा लगाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

थापाको बिदाईका क्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु को सहभागिता थियो भने बिदाईका क्रममा थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया