प्रधानमन्त्री देउवाले राजीनामा दिने, आज ३ बजे मन्त्रिपरिषद् बैठक


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । निर्वाचनको नतिजा सार्वजनिक भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गरेका छन् । निर्वाचन आयोगले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको सम्पूर्ण परिणाम बुझाए पछि देउवाले राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने समाचारहरुमा उल्लेख छ ।

कतिपय समाचारहरुमा प्रधानमन्त्रीलै आजै राजीनामा दिने भनिए पनि कतिपयले भोली राजीनामा दिने उल्लेख गरेका छन् । राजीनामा पछि उनी बालुवाटार छोड्ने मनसायमा रहेको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले बुधबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक पनि डाकेका छन् । बैठकमा सरकार छोड्ने तथा राष्ट्रका नाममा गर्ने सम्बोधनको बारेमा छलफल हुने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया