आउने भो ज्योति लाइफको ६६ करोडको आईपीओ, साधारणसभाले गर्यो अनुमोदन


आर्थिकन्यूज

काठमाडौं, फागुन २ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत शेयर जारी गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेसँगै कम्पनीको आईपीओ आउने निश्चित भएको हो ।

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै जारी पुँजी २ अर्ब २० करोड मध्येसंस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले ६६ करोड रुपैयाँको सर्वसाधारणको लागि शेयर जारी गर्ने भएको हो ।

सभाले आईपीओ निष्कासनका प्रकृया अगाडि बढाउन लागि धितोपत्र बोर्डबाट अनुमति लिन, धितोपत्र व्यवसायीसँग सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले भदौ १९ गते सञ्चालनको अनुमति पाएको थियो । कम्पनी असोज ८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।

४२ जना प्रबद्र्धक रहेको ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् । इन्स्योरेन्सको १० वटा शाखा सञ्चालनमा रहेका छन् । एनआईसउी एसिया बैंक समेत प्रवद्र्धक रहेको कम्पनीको रजिस्टर्ड कार्यालय पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया