भ्रष्टाचार गरेको पोल खुल्ने डरले लेखापरिक्षण नै गराउँदैनन सरकारी कार्यालय


आर्थिकन्यूज

काठमाडौं,फागुन २ । महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ । पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले तीन वर्षमा गरेको अर्बौं कारोबारको लेखापरीक्षण गराउन लगातार आनाकानी गरेपछि महालेखा परीक्षकको कार्यालयले यी दुवै निकायलाई उच्च निगरानीमा राखेको हो ।

महालेखा परीक्षकको कार्यालयका अनुसार पशुपति क्षेत्र विकास कोषको आर्थिक वर्ष ०७१र७२ देखि ०७३र७४ सम्मको तीन वर्षको अवधिमा मात्रै झन्डै ६ अर्ब कारोबार भएको थियो भने नेपाल पर्यटन बोर्डले पनि गत तीन वर्षको अवधिमा झन्डै साढे चार अर्बको कारोबार गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

महालेखा परीक्षक कार्यालयले यी दुवै निकायलाई पटक(पटक लेखापरीक्षण गराउन ताकेता गरे पनि दुवै निकायले बेवास्ता गर्दै आएपछि दुवै निकायलाई उच्च निगरानीमा राखी अन्तिम पटक ताकेता गरेको छ ।

महालेखाले दुवै निकायबाट त्यस अवधिमा गरिएको झन्डै साढे १० अर्बको कारोबार शंकास्पद देखिएको बताएको छ ।

महालेखा परीक्षक टंकमणि शर्माले दुवै निकायलाई लेखापरीक्षण गराउन पटक(पटक ताकेता गर्दा पनि अटेरी र बेवास्ता गरेकाले दुवै निकायको कारोबार शंकास्पद देखिएको बताए ।

तीन वर्षको लेखापरीक्षण हुन बाँकी

– पशुपति विकास कोषबाट ६ अर्बको कारोबार

– पर्यटन बोर्डबाट साढे चार अर्बको कारोबार

– दुवै निकायलाई फागुनसम्म लेखापरीक्षण गर्न अल्टिमेटम

– दुवै निकायमा साउनदेखि लेखापरीक्षक खटिएका

– कोष र बोर्डका अधिकारीलाई मन्त्रालयमा बोलाएर सोधपुछ

फेसबुकबाट तपाईको प्रतिक्रिया