सामान नक्कली वा सक्कली अब एसएमसबाट थाहा हुने


आर्थिकन्यूज

नयाँ दिल्ली, फागुन १ । तपाईले किन्ने गरेको सामान नक्कली वा सक्कली के हो भन्ने खबर अब एसएमएसबाट पात्ता लाग्ने भएको छ । अमेरिकाको फार्मासिक्यार कम्पनीले भारत लगायत विश्वका धेरै देशमा यस्तो सेवा उपलब्ध गराउन पहल गरेको छ ।

फार्मासिक्यारले एसएमएस मार्फत उत्पादन सक्कली हो वा नक्कली हो भन्ने जानकारी दिनका लागि सेवा उपलब्ध गराउनका लागि विश्वका धेरै देशहरुमा पहल गरिरहेको बताएको छ ।

फार्मासिक्यारले एफएमसीजी,इलेक्ट्रोनिक्स र कस्मेटिक सामानहरुमा यो सेवा दिने बताएको छ । यसका लागि कम्पनीले छुट्टै इकाइ नै तयार परेको छ ।

फार्मासिक्यारका अनुसार कुनै पनि सामानको बारेमा जानकारी लिनका लागि एउटा एसएमएस पठाएमा उक्त सामानको बारेमा सम्पूर्ण जानकारी एसएमएस मार्फत नै उपलब्ध गराउने छ । यसमा सम्बन्धीत उत्पादन कम्पनीको वेवसाइटमा लगअन गरेर सामानको बारेमा सम्पूर्ण जानकारी लिन पनि सकिन्छ ।

फार्मासिक्यारका अध्यक्ष् नकुल पसरीचले भने–‘ विश्वभरी नक्कली सामानका कारण करोडौं ग्राहकहरु ठगिएका छन् । नक्कली सामान उत्पादन गर्ने कम्पनीहरुको संख्या पनि बढीरहेको छ । यसले गर्दा ब्राण्डेड कम्पनीको उत्पादनमा असर परिरहेकाले यस्तो सेवा शुरु गर्न लागेका हौं ।’

विदेशी एजेन्सीको सहगोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया