एनसेलको टावरमा कसले लगायो आगो ?


आर्थिकन्यूज
फाइल तस्बिर

दोलखा, फागुन १ । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर –३, चरिघ्याङमा रहेको एनसेल टावरमा सोमबार राति आगलागी भएको छ । चरिकोट पानारोमा रिसोर्ट नजिकै रहेको एनसेल टावरमा लागेको आगोका कारण टावर कन्ट्रोल रुमका सम्पूर्ण उपकरण जलेर नष्ट भएका छन् ।

आगो कसले लगायो भन्नेबारेमा केही खुलेको छैन । कसैले विद्युत सर्ट भएर लाग्यो भनेका छन् भने कतिपयले नेपाल कम्युनिष्ट पार्टी विप्लवले आगो लगाएको समाचार आइरहेको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया