प्रणय दिवसः संस्कृति पनि आयातित, गुलाव पनि आयातित


आर्थिकन्यूज

काठमाडौं, फागुन १ । पश्चिमा संकृति मौलाउँदा जाँदा १४ फेब्रुअरी अर्थात प्रणय दिवस पनि आज नेपालमा पनि मनाइँदैछ । प्रणय दिवसलाई विशेषगरी प्रेम अभिव्यक्त गर्ने दिनको रुपमा लिईन्छ । आजको दिन अभिव्यक्त गरिएको प्रेम सफल हुन्छ भन्ने विश्वास रहि आएको छ । मायाप्रेमलाई आत्मिय सम्बन्ध मानिए पनि पछिल्ला समयमा विकृतितर्फ उन्मूख भैरहेको छ ।

ईशापूर्वकालमा इटलीका तत्कालिन शासक क्लाउडियसको तानाशाहीको विरोधमा उत्रिएका प्रेमका पक्षधर सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । प्रेम र मानवताका अनुयाई भ्यालेन्टाईनको सम्झनामा हरेक वर्षको १४ फेब्ररुअरीमा यो दिवस मनाईन्छ ।

प्रेम दिवसमा गुलाव फुलको कारोबार हुने हुँदा भारत तथा तेस्रो देशबाट आयात गर्ने गरिएको छ । नेपाली उत्पादनले आजको माग २० प्रतिशतले मात्रै धान्ने हुँदा बाँकी ८० प्रतिशत गुलाव आयात गर्नुपर्ने अवस्था छ ।

नेपाल फ्लोरिकल्चर एसोसियसनका अनुसार यस वर्ष २ लाख ३० हजारको हाराहारीमा गुलाबको माग रहेको छ । हरेक वर्ष यहि संख्याको हाराहारीमा गुलावको आयात हुँदै आएको थाहा हुँदाहुँदै पनि नेपालमै उत्पादन गर्नतर्फ अग्रसर भने हुन सकिएको छैन । कृषकहरुले पुरानै ढंगले गुलाव उत्पादन गरिरहेकोले मागलाई धान्न नसकिने भन्दै एसोसियसन पन्छिने गरेको छ ।

बजारमा अघिल्लो वर्ष १ करोडको गुलाव रहे पनि यस वर्ष माग बढेको हो । बजारमा गत वर्ष एउटा गुलावको ५०/६० रुपैयाँ मूल्य रहे पनि यस वर्ष सो मूल्यमा पाइएको छैन । व्यापारीहरुले आयात नै महँगो परेको भन्दै पोहोरको भन्दा बढी मूल्य लिने गरेका छन् ।

बजारको माग धान्नको लागि व्यवसायीहरुले भारतको कलकत्ता, बैंगलोर, दिल्लीबाट गुलाव आयात गर्ने गरेका छन् ।

प्रणय दिवसमा दिने उपहारका केहि तस्बिर :

फेसबुकबाट तपाईको प्रतिक्रिया