महिला प्रहरीले गहना लगाएर पशुपतिमा पासो थापिन्


आर्थिकन्यूज

काठमाडौं, फागुन १ । महिलाको गरगहना लुट्न सक्रिय चोरको गिरोहलाई पक्राउ गर्न काठमाडौं प्रहरीले पशुपति क्षेत्रमा पासो थापेको छ । प्रहरीले शिवरात्रीको सन्दर्भ पारेर महिला प्रहरीलाई झपक्कै गरगहना लगाएर पशुपति क्षेत्रमा दर्शनार्थीको रुपमा परिचालित गरिएको छ । उनीहरुलाई पछ्याउदै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको तथा सिसिटीभी समेत राखिएको प्रहरीले जनाएको छ ।

Eco Roofing

शिवरात्री लगायतका चाडपर्वहरुमा महिलाहरुले गरगहना लगाएर जाने र त्यहि मौका छोपेर चोरले महिलाको गरगहना लुट्ने कार्य बढेपछि प्रहरीले यस्तो रणनीति अपनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया