१ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउछु: शेरधन राई


आर्थिकन्यूज

काठमाडौं,  फागुन १ । नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले १ नम्बर प्रदेश कृषि, पर्यटन, जलविद्युतको सम्भावना भएको क्षेत्र भएको बताएका छन् ।

उनले औद्योगिक विकास र आईटीको पनि विकासमा विशेष ध्यान दिईने बताए । उनले भने,‘हामी यो प्रदेशलाई समृद्ध र देशकै नमूना प्रदेश बनाउँछौं, हामी सक्छौं।’ उनले एक नम्बर प्रदेशको नामांकन र प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने कुरा प्रदेश सभाको अधिकारको विषय भएकोले सोही अनुसार निर्णय लिईने पनि जानकारी दिए ।

उनले आफूले फागुन ३ गते दिउँसो ३ बजे प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथग्रहण लिनेपनि जानकारी दिए । त्यस्तै उनले सोही दिन आफूले सानो र छरितो क्याविनेट विस्तार गर्ने जानकारी दिए ।

उनका अनुसार आफ्नो पहिलो प्राथमिकतामा प्रदेश नम्बर १ लाई भ्रष्टाचारमुक्त बनाउने रहेको छ । उनले भने,‘हामी भ्रष्टाचारको विरुद्धमा कठोर कदम चाल्छौं, भ्रष्टाचारलाई हामी शुन्यमा झार्छौं।’

त्यस्तैगरि, राईले प्रदेश नम्बर एकलाई समृद्ध र देशकै नमूना प्रदेश बनाउनको लागि आफूहरुसँग गुरुयोजना रहेको बताउँदै उक्त गुरुयोजनाअनुसार नै काम गर्ने विश्वास दिलाए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्द सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभाको लागि सरकारले मनोनित गरेका तीन जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्ने विश्वास दिलाएका छन् ।

उनले भने राष्ट्रिय व्यक्तिहरु क्रमशः गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष पठाईसकेकोले उक्त नाम अनुमोदित हुने स्पष्ट पारे ।

मन्त्री बस्नेतले एमाले अध्यक्ष ओलीसहित कतिपय शीर्ष नेताहरुले आफूहरुले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति कडा आक्रोश पोखे ।

उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हामीले गरेको मनोनित मान्दैनौं भनेको सुनियो, पार्टीको बैठकले वा मुखले आफू अनुकुल भनेर हुँदैन् नि, लहडमा बोल्ने काम हिजो पनि भएको थियो, हामीले त संविधान अनुसार काम गरिरहेका छौं।’

‘क्याविनेटले संविधानसम्म्त गरेका निर्णयहरु मान्दैनौं भन्ने कुरा पनि शोभनीय हुन्छ र ?’ उनले थपे,‘यस्तै गर्ने हो भने संविधानको विपरित हुन्छ, हामीले त संविधानले निर्दिष्ट गरे अनुसार नै आफ्नो कामहरु गरिरहेका छौं।’

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै राजिनामा दिने पनि उनले विश्वास दिलाए । बस्नेतले भने,‘हामी चाँडोभन्दा चाँडो नै सत्ताबाट बाहिरिन चाहन्छौं, प्रधानमन्त्रीको राजिनामाको लागि अब धेरै दिन कुर्नुपर्ने छैन्।’ यद्धपी उनले आफूहरु मुलुकमा संवैधानिक भ्याकुम नआओस् भन्नेतर्फ पूर्ण रुपमा सचेत रहेको सुनाए ।

उनले आफूहरु अब जिम्मेवार प्रतिपक्षको भूमिकामा खरो उत्रने पनि स्पष्ट पारे । यद्यपी उनले सरकारले देश र जनताको पक्षमा गर्ने सबै खाले निर्णयहरुलाई कार्यान्वयन गराउन रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न कांग्रेसले जहिल्यैपनि तयारी अवस्थामा रहेको सुनाए ।

मुलुकमा ठूला ठूला परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा सम्पन्न भएकोले कांग्रेसबाहेक अरुले केही गर्न नसक्ने उनको ठोकुवा थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया