कृषि विकास बैंकले २० प्रतिशत वोनस शेयर तथा नगद लाभांश दिने


आर्थिकन्यूज

काठमाडौं, माघ २९ । कृषि विकास बैंक लि. ले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई २० प्रतिशत वोनस शेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने निर्णय गरेको छ ।

सोमबार सम्पन्न ११ औं साधारणसभाले यस्तो निर्णय गरेको हो । त्यसैगरी नेपाल सरकारको अग्राधिकार शेयरमा समेत तोकिए वमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ ।

जस अनुसार २०७४ साल आषाढ मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार शेयर रु. ५ अर्ब ४३ करोड २७ लाख १२ हजार लाई वार्षिक ६ प्रतिशतले हुने रकम रु. ३२ करोड ५९ लाख ६२ हजार ७२० नगद लाभांश र साधारण शेयर चुक्ता पँुंजी रु.७ अर्ब ०८ करोड ७६ लाख ८० हजार को लागि २० प्रतिशत बोनस शेयर वापत रु. १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुने रु.७ करोड ४६ लाख ०७ हजार १५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको छ ।

हाल बैंकको साधारण शेयर पुँजी रु. ७ अर्ब ०८ करोड ७६ लाख ८० हजार र नेपाल सरकारको अविमोच्य अग्राधिकार शेयर पुँजी रु.५ अर्ब ४३ करोड २७ लाख १२ हजार गरी चुक्ता पुँजी रु.१२ अर्व ५२ करोड ०३ लाख ९२ हजार कायम रहेकोमा आज पारित २० प्रतिशत वोनस शेयरले हुने रकम रु. १ अर्व ४१ करोड ७५ लाख ३६ हजार समेत समावेश गर्दा बैकको चुक्ता पुँजी रु.१३ अर्व ९३ करोड ७९ लाख २८ हजार हुने भएको छ भने साधारण चुक्ता पुँजी रु.८ अर्व ५० करोड ५२ लाख १६ हजार पुग्नेछ ।

बैंकमा २०७४ साल पौष मसान्तसम्ममा निक्षेप रकम रु.९८ अर्ब १७ करोड ३४ लाख पुगेको छ भने लगानीमा रहेको कर्जा रु.९७ अर्ब १५ करोड ४९ लाख रहेको छ । बैंकले २०७४ साल पौष मसान्तसम्ममा रु.१ अर्ब ०२ करोड ९१ लाख नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा कुल कर्जामा निष्कृय कर्जाको अंश ४.६० रहेकोमा २०७४ साल पौष महिनामा कुल कर्जामा निष्कृय कर्जाको अंश ३.९५ प्रतिशत कायम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया