नग्मा श्रेष्ठ योण्डर म्युजिक नेपालको ब्राण्ड प्रवद्र्धक


आर्थिकन्यूज

काठमाडौं, माघ २९ । मिस युनिभर्समा पेजेन्टमा प्रतिष्पर्धा गर्ने नेपालकी पहिलो मिस नेपाल नग्मा श्रेष्ठ नेपालको म्युजिक स्ट्रिमिंग एप्लिेकशन ‘योण्डर म्युजिक’को ब्राण्ड प्रवद्र्धकको रुपमा चुनिएकी छिन् ।

यस सहकार्य पश्चात योण्डर म्युजिकले उनको व्यक्तित्व र पे्ररणादायी जीवनलाई विश्वव्यापी संगीतप्रतिको मायासँग मेल खाने गरी एनसेल नेटवर्कमा स्मार्ट फोनबाट सुन्न सकिने गीत संगीतप्रवद्र्धन गर्न राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरुमा समावेश गराउनेछ । नेपाली टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा धेरै वर्ष काम गरेकी नग्माको सधैं नै संगीत, फिटनेस र फेशनप्रति लगाव छ ।

काठमाडौंमै जन्मे हुर्केकी नग्माले सन् २०१२ मा नेपाललाई फिलिपिन्समा आयोजित मिस अर्थ पेजेन्टमा प्रतिनिधित्व गरेकी थिइन् जसमा उनी शिर्ष आठमा पर्न सफल भएकी थिइन् । यो सफलतापछि उनी अन्तर्राष्ट्रिय पेजेन्टको फाइनलसम्म पुग्ने नेपालकै पहिलो सुन्दरी बनायो । यसका साथै उनी चीनमा आयोजित वल्र्ड मिस युनिभर्सिटी पेजेन्ट २०१६ मा पनि थर्ड रनर अप भएकी थिइन् ।

यसैगरी, नग्मा इजिप्टमा आयोजित मिस इको युनिभर्र्स २०१६ पेजेन्टको बेस्ट टुरिजम् भिडियो अवार्डकी पनि विजेता हुन् । र,उनले गएको वर्ष अमेरिकामा आयोजित मिस युनिभर्स पेजेन्ट २०१७ मा नेपालको प्रतिनिधित्व गरिन् । श्रेष्ठ फिटनेस, फेशन, डान्स र यात्रामा पनि उत्तिकै रुची राख्छिन् । श्रेष्ठले बालबालिका तथा महिला स्वास्थ र वातावरण सम्बन्धी काम गर्ने विभिन्न सामाजिक संस्थाहरुको पनि सदभावना राजदूतको रुपमा पनि कार्य गरिसकेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया