नेको इन्स्योरेन्स कम्पनीको मुनाफामा ५८ प्रतिशतले वृद्धि


आर्थिकन्यूज

काठमाडौं, माघ २९ । निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी (Neco Insurance Company Limited.) ले चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफा ५८ दशमलव ९३ प्रतिशतले वृद्धि गरी ११ करोड ६५ लाख रुपैयाँँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा ७ करोड ३३ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।

७८ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा २२ करोड ९० लाख रुपैयाँ र बीमाकोषमा २५ करोड ९३ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी १९ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने खर्च ७ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) ४७ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ भने १८ करोड ७१ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ । कम्पनीले यस अबधीमा १ लाख ३२ हजार ४५४ वटा (संख्या) बीमा लेख जारी गरेको छ भने १ हजार ९७७ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

कम्पनी (NIL) को प्रति शेयर आम्दानी वार्षिक २९ दशमलब ७२ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ९ दशमलव ८६ रुपैयाँ र मुल्य आम्दानीको अनुपात २८ दशमलब ४६ गुणा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया