लुम्बिनी जेनरल इन्स्योरेन्सको मुनाफा १० प्रतिशतले वृद्धि


आर्थिकन्यूज

काठामाडौं, माघ २९ । लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (Lumbini General Insurance Co. Ltd.) ले आव २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफामा १० दशमलव ७९ प्रतिशतले वृद्धि गरी ८ करोड ५२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा मुनाफा ७ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।

इन्स्योरेन्सको ३९ करोड चुक्ता पुँजीबाट १२५ दशमलव ६४ प्रतिशतले वृद्धि गरी हाल ८८ करोड रुपैयाँ पुर्याएको छ । जसले जगेडा कोषमा ८ करोड ५ लाख रुपैयाँ र बिमा कोषमा ३६ करोड ८६ लाख रुपैयाँ राखेको छ ।
इन्स्योरेन्सले आम्दानी १२ प्रतिशतले बढेर १४ करोड ३ लाख रुपैयाँ र खर्च १२ प्रतिशतलेवृद्धि गरी ५ करोड ५१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा शुल्क खुद ३५ करोड ९२ लाख रुपैयाँ र दाबी भुक्तानी खुद १८ करोड ०५ लाख रुपैयाँ रहेको छ ।

लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनीले ७१ हजार ३७१ वटा बीमालेख जारी गरेको छ जसबाट ५७ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ८ हजार ७३३ वटा बीमालेख नवीकरण गरेको छ । कम्पनीले २४ करोड ७८ लाख रुपैयाँ बराबरको दाबीलाइ रकम भुक्तानी गरी सकेको छ भने भुक्तानी हुन बाकि रहेकोे रकम ४१ करोड ५१ लाख रुपैयाँ रहेको छ । अहिले सम्म १ हजार ६ सय ५८ वटा दाबीहरुको भुक्तानी कम्पनीले गरिसकेको छ भने १ हजार ९८७ वटा दाबीहरुको भुक्तानी कम्पनीले अझै गर्न बाकि छ ।

लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी (LGIL) को प्रति शेयर आम्दानी १९ दशमलव ३७ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३० दशमलव ९३ गुणा, प्रति शेयर नेटवर्थ १५४ दशमलव ६८ रुपैयाँ र प्रति शेयर कुल सम्पतिको मुल्य २५७ दशमलव ७३ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया