जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा यस्तो असर देखियो (फोटो/भिडियो सहित)


आर्थिकन्यूज

काठमाडौं, माघ २९ । विश्वब्यापी रुपमा जलवायु परिवर्तन भइरहँदा त्यसको असर नेपालको हिमाली क्षेत्रहरुमा पनि देखिएको छ । सौर्य विकिरणमार्फत तापशक्ति बढ्दै जाँदा पृथ्वीको वायुमण्डलमा तापक्रम असन्तिुलित भइ हिउँ पग्लेको हो ।

Eco Roofing

पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ । परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै जाँदा यससँग सरोकारवाला निकायहरुले खतरा औल्याएका छन् ।

सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रूत औद्योगिक विकास तथा जनसंख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य पनि सार्वजनिक भइरहेको छ ।

धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्याधिक उत्सर्जन गरेर त्यसको असर नेपालमा पनि देखिएको छ । यसैको उदाहरण हो हिमातालहरु सुक्नु, हिउँ पग्लनु । यहाँ हामीले गत साता भएको माउन्टेन फ्लाइटको क्रममा विश्वकै सर्वोच्च शिखर सगरमाथा आसपासको क्षेत्रमा जलवायु परिवर्तको कारणले परेको असरको दृश्य तथा भिडियो सामाग्री प्रस्तुत गरेका छौं ।









फोटो तथा भिडियो: गुणराज ढकाल

फेसबुकबाट तपाईको प्रतिक्रिया