साना किसान बैंकको नाफामा सामान्य वृद्धि, इपिस ५४ रुपैयाँ


आर्थिकन्यूज

काठमाडौं, माघ २८ । साना किसान विकास बैंक (Sana Kisan Bikas Bank Ltd.) ले आव २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा १७ करोड १५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहि अवधिमा तुलनाभन्दा ८ दशमलव ५० प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा मुनाफा १५ करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब १४ करोड ९७ लाख रुपैयाँ राखिएको छ । कर्जामा १५ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ८ प्रतिशतले र सञ्चालन मुनाफामा ४ दशमलव ०३ प्रतिशतले बढेर हो । जसले गर्दा मुनाफा पनि सामान्यतया वृद्धि गरेको हो ।

बैंक (SKBBL) को प्रतिशेयर आम्दानी वार्षिक ५४ दशमलव ५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २१ दशमलव ४१ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ८२ दशमलव ८४ रुपैयाँ, तरलता अनुपात १० दशमलव ४९ प्रतिशत, निस्कृय कर्जा शून्य दशमलव ०७ प्रतिशत र जोखिम युक्त सम्पत्ति १० दशमलव १४ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया