गत वर्ष अत्याधिक प्रगति गरेको अपि हाइड्रोको मुनाफा हाल ९ प्रतिशतले घट्यो


आर्थिकन्यूज
अपि

काठमाडौं, माघ २५ । अपि पावर कम्पनी लिमिटेड (Api Power Company Ltd.) ले आव २०७४/७५ को दोस्रोे त्रैमासमा खुद मुनाफा ३ करोड १३ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ९ दशमलव १९ प्रतिशतले घटेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले नाफा ३ करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १२ करोड १४ लाख रुपैयाँ राखेको छ । त्यस्तै लगानी १४ करोड ४२ लाख रुपैयाँ रहेको छ । कम्पनीको बिक्रि ७ करोड ९४ लाख रुपैयाँ रहेको छ । जसको चालु सम्पत्ति १० करोड ८५ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व ३६ करोड ९७ लाख रुपैयाँ रहेको नोक्सानमा रहको छ । अपिको जम्मा आम्दानी ९ प्रतिशतले घटेर ८ करोड ६ लाख रुपैयाँ पुगेको छ भने खर्च पनि ३९ दशमलव ९० प्रतिशतले घटेर ७२ लाख रुपैयाँ रहेको छ ।

अपि पावर कम्पनी (API) को प्रतिशेयर आम्दानी वार्षिक ५ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७१ दशमलव १३ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ११ दशमलव ५७ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया