युनिलिभर कम्पनीको नाफामा १५ करोडमाथि, १८ प्रतिशतले घट्यो ।


आर्थिकन्यूज
युनिलिभर-नेपाल-लिमिटेड

काठमाडौं, माघ २५ । युनिलिभर नेपाल लिमिटेड (Uniliver Nepal Limited.) ले आव २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा १५ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १८ दशमलव ५३ प्रतिशतले वृद्धि घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १८ करोड ७८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिलिभरले जगेडाकोषमा १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ राखेको छ । कम्पनीको चालु सम्पत्ति २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ छ भने कुल सम्पत्ति ३ अर्ब ५७ करोड ३५ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १२ दशमलव ६२ प्रतिशतले बढेको हो । त्यस्र गरी चालु दायित्व २ अर्ब २१ करोड ३८ लाख रुपैयाँ छ, जुन अघिल्लो वर्षको तुलनाभन्दा ९ दशमलव ५१ प्रतिशतले कमी हो ।

कम्पनीले विक्रीमा ३ दशमलव ६३ प्रतिशतले घटेर १ अर्ब २ करोड ११ लाख रुपैयाँ गरेको छ । अन्य स्रोत बाट गरेको आम्दानी ३ करोड ३९ लाख रुपैयाँ रहेको छ । । कम्पनीको कुल आम्दानीमा १३ दशमलव ३८ प्रतिशतले घटेर १ अर्ब ५ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी कुल खर्चमा पनि ११ दशमलब ०२ प्रतिशतले घटेर ८६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । आम्दानीसगै खर्च पनि घटाएको छ । सञ्चालन मुनाफा २२ दशमलव ८५ प्रतिशतले घटेर १८ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपाल लिमिटेड (UNL) को प्रति शेयर आम्दानी १ सय ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ६८ गुणा, प्रति शेयर नेटवर्थ १ हजार ३ सय ७७ रुपैयाँ र तरलता अनुपातको १ दशमलब ३२ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया