जिम्मेवारी निर्वाह गर्न नसकेपछि ७ जना सैनिक जागिरबाट निकालिए


आर्थिकन्यूज

माघ २४ । आतङ्ककारी हमलामा ११ सैनिकको मृत्युको घटनामा जिम्मेवारी निर्वाह गर्न नसकेको आरोपमा दुई सैनिक जनरलसहित सात सैनिक अधिकारीलाई अफगानिस्तानको सरकारले बर्खास्त गरेको छ ।

जनावरी २९ मा राजधानी काबुलमा भएको हमलामा ११ सेनाको मृत्यु भएको र १६ जना घाइते भएका थिए । आक्रमण आफ्नो समूहले गराएको भनी इश्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको थियो ।

अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीको निर्देशनमा बनेको छानविन समितिले राष्ट्रिय सेनाको राजधानी काबुलबाट नजिकै पश्चिममा रहेको १११ जनाको प्रथम गणमा आइएसले गरेको आक्रमणमा सात सैनिक दोषी भएको ठहर गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको र यसैको आधारमा उनीहरूको बर्खास्त गरिएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

सम्पूर्ण सातै सैनिक अधिकारीलाई बर्खास्तपछि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पेश गरिएको सरकारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया