कहिले बाँडफाँड हुँदैछ उन्नती माइक्रोफाइनान्सको आईपीओ ?


आर्थिकन्यूज

काठमाडौं, माघ २४ । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Unnati microfinance bittiya sanstha ltd) को साधारण शेयर आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार कम्पनीको ‘pre-allotment’ गर्ने र शुक्रबार बिहान सिद्धार्थ क्यापिटल नक्सालबाट शेयर बाँडफाँड हुने तयारी रहेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६५ लाख रुपैयाँ बराबरको १ लाख ६५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । जसमध्ये कुल शेयर निष्कासनको ४ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर कर्मचारी र ५ प्रतिशत अर्थात ८ हजार २५० कित्ता शेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । बाँकी १ लाख ५० हजार १५० कित्तामा मात्रै सर्वसाधारणले पाउनेछन् ।

कम्पनीको शेयरमा २ लाख ४९ हजार आवेदकबाट ८० करोड रुपैयाँ बराबरको आवेदन परेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया