स्वावलम्बन लघुवित्तका सिइओ प्रधानको राजीनामा, कामु सिइओमा काफ्लेलाई नियुक्त


आर्थिकन्यूज
स्वावलम्बन लघुवित्त

काठमाडौं, माघ २४ । स्वावलम्बन लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले प्रमुख कार्यकारी अधिकृत सिइओ बाट राजीनामा दिएका छन् । उनको राजीनामा कम्पनीको मंगलबार बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

मंगलबारको उक्त सञ्चालक समितिको बैठकले अर्को निर्णय नहुन्जेलसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारीका रुपमा चन्द्र कान्त काफ्लेलाई नियुक्त पनि गरेको छ । काफ्ले हाल डेपुटी जनरल म्यानेजरका रुपमा कम्पनीमा कार्यरत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया