शर्माविरुद्ध फेरि अर्को मुद्दा दर्ता


आर्थिकन्यूज
फाइल फोटो

काठमाडौं, माघ १५ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको छ । सोमबार शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Eco Roofing

कर फछ्र्यौट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा शर्माविरुद्ध अख्तियारले अर्को मुद्दा दायर गरेको हो । झण्डै चार महिना लामो अनुसन्धानपछि अख्तियारले शर्माको चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँको स्रोत नखुलेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी सेवा सुरु गरेपछि २०७३ मंसिर मसान्तसम्म शर्माको ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ मात्र वैध आर्जन देखिएको अख्तियारको दाबी छ । तर शर्माले विभिन्न शीर्षकमा ७ करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च देखिएकाले बाँकी चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँको स्रोत नखुलेको अख्तियारले दाबी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया