इन्धनको करबाट १५ अर्ब १२ करोड रुपैयाँ संकलन


आर्थिकन्यूज
निगम

काठमाडौं,माघ ५ । इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ। बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ अर्ब १६ करोड, २०७३/०७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो । २०७४/०७५ को पुस १५ सम्ममा ४ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको उनले बताए ।

हाल आयात गरिएको इन्धनमा भन्सार बिन्दुमै पूर्वाधार कर (बूढीगण्डकी जलविद्युत आयोजनाका लागि) लाग्छ । सोही अनुसार उक्त रकम सरकारी ढुकुटीमा संकलन भएको निगमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया