अमेरिका पहिलो,भारत छैटौं धनी देश बन्न सफल


आर्थिकन्यूज

नयाँ दिल्ली,माघ १६ । आर्थिक अबस्था सुधारउन्मुख रहेको भारतले सम्पत्ति बजारमा विश्वमा छैटौ भएको छ । मंगलबार सार्वजनिक भएको एक तथ्यांकमा भारतले सम्पत्ति बजार(वेल्थ मार्केट)मा भारत छैटौ धनी देश भएको हो ।

Eco Roofing

न्यु वल्र्ड वेल्थको तथ्यांकमा विश्वको सबैभन्दा धनी देशहरुको सूचीमा भारतले ८ हजार २३० अर्ब अमेरिकी डलरको सम्पत्ति बनाएर छैटौ नम्बरमा रहेको छ । यसमा भारतले गत वर्षभन्दा २५ प्रतिशतले आफ्नो सम्पत्तिमा वृद्धि गरेको उक्त रिर्पोटमा जनाइएको छ । भारतमा करोडपतिको संख्याका आधारमा उक्त नम्बर दिएको अनुमान गरिएको छ । भारतमा २० हजार ७३० करोपति रहेका छन् ।

त्यस्तै वेल्थको तथ्यांकका अनुसार अमेरिका पहिलो नम्बरमा रहेको छ । सन् २०१७ मा ६४ हजार ५८४ अमेरिकी डलर सम्पत्ति बजारका सहित अमेरिका विश्वका धनी देशहरुमध्ये धनी देशमा सूचीकृत भएको छ । त्यस्तैगरि २४ हजार ८०३ अर्ब डलर सम्पत्तिका साथमा चीन दोस्रो नम्बरमा रहेको छ । तेस्रो स्थानमा जापान रहेको छ उसको १९ हजार ५२२ अर्ब डलर सम्पत्ति रहेको छ ।

चौथौ नम्बरमा बेलायत रहेको छ बेलायको ९ हजार ९१९ अर्ब डलर,जर्मन ९हजार ६६० अर्ब डलर का साथ पाँचौ,फ्रान्स ६ हजार ६४९ अर्ब डलर का साथ सातौं, ६हजार ३९३ अर्ब डलरका साथ क्यानडा ८ औं, ६ हजार १४२ अर्ब डलर सम्पत्ति जोडदै अस्ट्रेलिया नवौ, ४ हजार २७६ अर्ब दशौं नम्बरमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया