नबिल बैंकद्वारा अनिल शाहको नियुक्ति खारेज


आर्थिकन्यूज

काठमाडौं, माघ १६ । नबिल बैंक लिमिटेडले अनिल शाहको नियुक्ति खारेज गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शाहलाई नियुक्त गर्ने सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

Eco Roofing

बैंकका अध्यक्ष शम्भु प्रसाद पौडेलले बैंकको सञ्चालक समितिले शाहसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् । नेपाल राष्ट्र बैंकको ’कुलिङ पिरियड’ सम्बन्धि निर्देशनका कारण मात्रै उनको नियुक्ति खारेज नभएको प्रस्ट्याउँदै अध्यक्ष पौडेलले यो अनिल शाह र बैंकको सम्झौता हो र सो सम्झौता बैंकले कार्यन्वयन नगर्ने निर्णय भएको उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकले, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई एक संस्था छोडेको ६ महिना नपुगेसम्म अर्को संस्थामा जान नपाउने गरी गत पुस १३ मा कुलिङ पिरियडको व्यवस्था गरेको थियो । सो व्यवस्थासँगै गत मंसिर २३ गतेबाट मेगा बैंकमा प्रमुख कार्यकारीका रुपमा दुई कार्यकाल पुरा गरेका शाहले आउँदो जेठ २२ सम्म अन्य बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी भए जान पाउँदैनन् ।

बैंकका एक अधिकारीका अनुसार अनिल शाहलाई जेठसम्म पर्खिनका लागि राष्ट्र बैंकको अर्को निर्देशनले रोक्ने भएकाले नियुक्ति नै खारेज गरिएको बताइएको छ । नबिल बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत शशीन जोशिले राजिनामा दिएसकेका छन् । जोशीको राजीनामा फागुन ५ गतेदेखि लागु हुने गरि स्वीकृत भइसकेको छ ।

शाहलाई बैंकको प्रमुख कार्यकारीका रुपमा बैंक सञ्चालक समितिले पुस १३ गते नियुक्ति गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया