डिजिटल सिग्नेचर के हो ? यसको महत्व र लिने प्रक्रिया यस्तो छ


आर्थिकन्यूज
विप्लवमान सिंह, अध्यक्ष , नेपाल सर्टिफाइङ कम्पनी लिमिटेड

काठमाडौं, माघ ५ । विद्युतीय हस्ताक्षरको भनेको ‘डिइमेटेरियलाइज’ अर्थात भौतिक हस्ताक्षरलाई कागजरहित बनाउने भन्ने हो । विद्युतीय कारोबारमा कुनै पनि कागजातको प्रयोग गर्नु पर्दैन । डिम्याट फर्ममा भएको हुनाले यो मान्य हुन्छ ।

Eco Roofing

डिजिटल सिक्नेचर भनेको हामीले हस्ताक्षर भनेको हामीले गरेको भौतिक हस्ताक्षरलाई स्क्यान गरेर प्रयोग गर्ने होइन । यो पब्लिक कि इन्फ्रास्टक्चर (पीकेआई) बाट निर्माण हुने सिग्नेचर हो ।

नेपालमा विद्युतीय कारोबार ऐन २०६३ र विद्युतीय कारोबार नियमावली २०६४ आइसकेको छ । १० वर्ष अघि आइसकेको यी ऐन र नियामावली हाम्रो लागि नयाँ कुरा होइन तर यसको प्रयोगमा जानको लागि यसले समय लिइरहेको छ । सरकारले कागजरहित कारोबार गर्ने भन्ने सोचेर यो ऐन तथा नियमावली जारी गरेको हो ।

२०७० पुस १५ गतेदेखि सरकारी कामकाजमा विद्युतीय हस्ताक्षर पनि सञ्चालनमा ल्याइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त हस्ताक्षरको आरम्भ गरेकी हुन् । सूचना प्रविधिको क्षेत्रमा विद्युतीय हस्ताक्षर प्रविधि नयाँ आयाम भएको कारणले यसको कार्यान्वयनमा सरकार पनि पछिल्लो समय अग्रसर देखिएको छ ।

सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै निजी क्षेत्र बाहेक पनि आन्तरिक राजस्व विभाग, काठमाडौं महानगरपालिका, उद्योग विभाग, सूचना विभाग, प्रधानमन्त्रीको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयमा डिजिटल सिग्नेचर सूचारु भइसकेको छ । सर्वोच्च अदालतले नै निवेदनहरु अनलाइनमार्फत् दर्ता गर्न सकिने व्यवस्था चाँडै गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशिकामा पनि डिजिटल सिग्नेचर प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

विद्युतीय हस्ताक्षर शुरु भएसँगै विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कम्प्युटरबाट हुने सबै काम कारबाही विद्युतीय हस्ताक्षरको माध्यमबाट हुनेछ । हस्ताक्षर गर्दा आइपर्ने समस्या समाधानको लागि विद्युतीय कारोबार नियामावलीमा थप घट गर्न सक्ने व्यवस्था पनि छ ।

कुनै पनि कागजात आधिकारिक हो भन्ने बनाउनको लागि डिजिटल सिग्नेचर तथा सर्टिफिकेटको आवश्यक पर्छ । यसको लागि सरकारले केही कम्पनीलाई हस्ताक्षर जारी गर्न सक्ने लाइसेन्स दिएको हुन्छ । ति कम्पनीलाई आवश्यक कागजात तथा तोकिएको शुल्क दिएर हस्ताक्षर दिन सक्छन् ।

कतिको सुरक्षित हुन्छ डिजिटल सिग्नेचर ?

पीकेआई इन्फ्रास्टरबाट बनेको सिग्नेचर कम्तिमा पनि २ हजार ४८ बिटमा निस्कन्छ । एक बिटमा ८ वटा अंक वा अक्षर हुने हुँदा कम्तिमा पनि १६ हजार ३२८ वटा अंक र अक्षरको समिश्रणबाट पासवर्ड बनेको हुन्छ । यतिका लामो पासवर्डलाई ह्याक गर्न सुपर कम्प्युटरको प्रयोग गर्याे भने पनि कम्तीमा १० हजार वर्ष लाग्छ भन्छन् विद्युतीय हस्ताक्षरको काम गर्दै आएको कम्पनी नेपाल सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमान सिंह ।

यतिको सुरक्षित पासवर्ड निस्कने बेलामा दुई थरिका ‘कि’ निस्कन्छ । पब्लिक कि अरुलाई शेयर गर्न सकिन्छ भने प्राइभेट कि व्यक्तिगत प्रयोगको लागि हो । यदी कसैको पब्लिक कि राखेर इमेल पठाउँदा इमेल खोल्नको लागि प्राइभेट किको प्रयोग गर्नुपर्छ । यस हिसाबले पनि यो सुरक्षित रहेको छ । त्यस्तै हस्ताक्षर खोल्दा इन्सक्रिप्सन राख्ने या नराख्ने भन्ने सुविधा पनि कम्पनीले प्रदान गरेको हुन्छ । यो राखिएको खण्डमा कि अझै सुरक्षित हुन्छ ।

त्यस्तै, प्रयोगकर्ताले सिग्नेचरको लागि पासवर्डजस्तै ‘कि’ पाउँछन् । त्यो कि माइक्रोसफ्ट वर्ड, पीडीएफ फाइल, एक्सेल, नोटप्याड आदिमा हुने सिग्नेचर लाइनमा ‘ड्रर्याग’ गरेर पेस्ट गरेपछि उक्त फाइल फम्र्याटहरु लक हुन्छ ।

सिग्नेचर गरेर सो फाइल कसैलाई पठाउँदा बदमासी गर्याे भने सो फाइल खोलेपछि ‘चेतावनी’ दिन्छ साथै कुन पेजमा कुन शब्द थप गरिएको छ भन्ने जानकारी पनि दिन्छ । भौतिक फाइलमा कुनै कुरा सच्याइएको छ भने त्यो थाहा पाउन गाह्रो हुन्छ ।

डिजिटल हस्ताक्षरको आधिकारिकता

डिजिटल हस्ताक्षरको लागि नेपाल सरकारले प्रक्रिया पुर्याएर आउने कम्पनीलाई डिजिटल हस्ताक्षर प्रदान गर्ने अधिकार दिन्छ । जस्तो, माइक्रोसफ्ट, भेरी साइनलगायतका कम्पनीले पनि डिजिटल सिग्नेचर सेवा प्रदान गर्ने गरेका छन् । तर, नेपाली लाइसेन्स होल्डरलाई सरकारले नै इजाजत दिएका कम्पनीहरु चाहिँ कानुनी हुन् ।

लाइसेन्स विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणिकरण नियन्त्रकको कार्यालयले प्रदान गर्छ । आधिकारिकताको लागि सिग्नेचर सर्टिफिकेटमा सिग्नेचर रुट पनि देखिन्छ । जस्तो पहिला नेपाल सरकार, त्यसपछि प्रमाणिकरण नियन्त्रणको कार्यालय, त्यसपछि सिग्नेचर प्रदान गर्ने संस्थाको नाम र ग्राहकको जानकारी । यसलाई आधिकारिकताको ‘रुट’ भनिन्छ ।

कसरी लिने डिजिटल सिग्नेचर ?

डिजिटल सिग्नेचर लिनको लागि विद्युतीय कारोबार ऐनको अनुसूची ५ अनुसारको सूचना तथा जानकारी डिजिटल सिग्नेचर प्रदान गर्ने आधिकारिक कम्पनीलाई दिनुपर्छ । साथै तोकिएको शुल्क पनि तिर्नुपर्छ । शुल्क त्यति महँगो पनि छैन ।

नेपाल सर्टिफाइङ कम्पनीले लिने शुल्क

आवश्यक कागजात

यसका फाइदा

कारोबारलाई विश्वसनीय, कानुन सम्मत र सुरक्षित बनाउनको लागि डिजिटल सिग्नेचरको प्रयोग गरिन्छ ।

  • अनलाईनबाट फर्म बुझ्ने संस्था तथा कम्पनीहरुमा अनलाईनबाटै आवेदन दिन सकिने
  • विश्वसनिय आदिकारिकता
  • कागज, मसी, टोनल कार्टेजलाई बचाउन सकिन्छ । यसले वनबिनास हुन रोक्छ ।
  • पैसाको बचत
  • समयको बचत
  • सुरक्षित
  • कागजातको भण्डारणमा अनावश्यक खर्च नहुने
  • कागजको आयातलाई निरुत्साहित गर्न
  • चाहिएको समयमा तुरुन्तै पाइने
  • यसको एउटा उद्देश्य भनेको जलवायु परिवर्तनविरुद्ध लड्ने पनि हो ।
  • ‘एनिह्वेर अफिस’ को कन्सेप्टको लागि पनि यो महत्वपूर्ण छ ।

नेपाल सर्टिफाइङ कम्पनी लिमिटेडका अध्यक्ष विप्लवमान सिंहसँग गरिएको कुराकानीका आधारमा

फेसबुकबाट तपाईको प्रतिक्रिया