टेलिकमको लाभांष पारित,ग्राहक संख्या १७.२३ प्रतिशतले वृद्धि


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले आफ्ना शेयरधनीलाई ५५ प्रतिशत नगद प्रस्ताव पारित गरेको छ ।  टेलिकमले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट उक्त लाभांष वितरण गर्ने भएको हो ।

कम्पनीको आइतबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले ५५ प्रति शेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधनलगायत विभिन्न प्रस्तावसमेत सर्वसम्मतले पारित गरेको छ । उक्त लभांष यहि ंगलबारदेखि वितरण गरिने टेलिकमले जनाएको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कम्पनीले विगत वर्षमा जस्तै यसवर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल जानकारी गराएका थिए ।

उनले टेलिकममा रणनीतिक साझेदारका लागि परामर्शदाताले आफ्नो काम अन्तिम चरणमा पुगेको बताए । साधारणसभाले चालु आर्थिक वर्षको लागि कुमार कर्ण र अच्युतराज जोशीलाई चार्टर्ड एकाउन्टेन्टमा नियुक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया