झापा स्पोर्टस् अवार्डको मनोनयन सूची सार्वजनिक


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । नेपाल खेलकुद पत्रकार मञ्च झापाले झापा स्पोर्टस् अवार्ड २०७३ का लागि मनोनयनमा परेका खेलाडी तथा क्लबको सूची सार्वजनिक गरेको छ ।

Eco Roofing

माघ ७ गते बिर्तामोडमा हुने उक्त अवार्ड बितरण कार्यक्रममा ४ वटा विधामा प्रत्येकमा ३ जना र तीन वटा टीमको मनोनयन सूची सार्वजनिक गरेको हो ।

मनोनयन सूचीको वर्ष उत्कृष्ट खेलाडी पुरुषका लागि फुटबलबाट विशाल राई (बी) र योगेश गुरुङ तथा बुद्धिचालबाट भूपेन्द्र निरौला मनोनित भएका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडीको महिलातर्फ क्रिकेटबाट रुविना क्षेत्री, करातेबाट एस्तर राई र बक्सिङका सुलप मगर र युवा वर्ष खेलाडीतर्फ फुटबलका देबेन्द्र तामाङ र पूजन उपरकोटी तथा क्रिकेटका सवनम राईलाई मनोनयन गरिएको छ ।

उत्कृष्ट प्रशिक्षकतर्फ फुटबलका सञ्जय राई, क्रिकेटका मनोज कट्वाल र करातेका सीता राई मनोनयनमा परेको छन् भने पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसीको नाम मनोनयनमा परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया