रिलिज अगावै ‘सत्रु गते’लाई १ करोड ११ लाख


आर्थिकन्यूज

पुस ३० । प्रदिप भट्टराइले निर्देशन गरेको चलचित्र ‘सत्रु गते’ले रिलिज डेट अगावै मोटो रकम कमाएको छ । चैत्र ९ गते रिलिज डेट तोकिएको चलचित्रले ओभरसिज तथा डिजिटल राइट्सको नाममा सो रकम कमाएको हो ।

सिनेमाको ओभरसिज र डिजिटल राइट्स ओएसआर नेपालले किनेको हो । उक्त अधिकार लिए बापत कम्पनीले निर्माण पक्षसँग १ करोड ११ लाख रुपैयाँको सम्झौता गरेको हो ।

पछिल्लो समय नेपाली सिनेमाहरु अन्तराष्ट्रिय बजारमा प्रदर्शन हुन पाउने तथा डिजिटल राइट (टेलिभिजन प्रशारण तथा युट्युब च्यानलमा हाल्ने अधिकार) बाट पनि प्रशस्तै पैसा पाउने हुँदा निर्माताहरु चलचित्र निर्माणमा हौसिएका छन् ।

किरण केसी निर्माता रहेको चलचित्रलाई महसंचारले प्रस्तुत गरेको हो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया