यामाहा एफजी २५ ‘राइड आउट’


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी २५ का राइडरहरुका लागि पहिलो पटक ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’ आयोजना गरेको छ ।

‘सँगै हाँकौं, सम्बन्ध झन् बलियो बनाऔं,’ नारा रहेको यो राइड काठमाडौंस्थित जेनेसिस क्याफेबाट सुरु भएर प्राकृतिक रुपमा मनोरम धुलिखेलसम्म राइडरहरु पुगेको थिए । पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी२५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो ।

साथै, उनीहरुलाई ‘पम्प’का प्रोफेसनल ट्रेनरहरुले आत्मरक्षाका उपायहरुको तालिम समेत दिएका थिए । यामाहाको ‘राइड आउट’मा राइडर समिर राना ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए ।

त्यसैगरी, नेपाली राष्ट्रिय क्रिकेटर तथा यामाहाका ब्रान्ड एम्बेसडर शरद भेषावकरले आफू पनि एफजी २५ को ‘प्राउड राइडर’ भएको बताए । ‘म यो बाइकको पर्फोमेन्सदेखि निकै सन्तुष्ट छु । म हरेक बाइकप्रेमीलाई एक पटक एफजी२५ ट्राई गर्न आग्रह गर्छु,’ उनले भने ।

यामाहाले दिएको अवसरप्रति एफजी २५ का राइडर खुसी व्यक्त गरे । ‘यामाहाले हामीलाई लाइफ ह्याक मात्र सिकाएन बाइकप्रेमी नयाँ साथी बनाउने अवसरसमेत दिएको छ,’ सहभागी राइडर विकास वाग्लेले भन्नुभयो, ‘यो हाम्रोलाई जीवनभरको स्मरण बन्नेछ ।’

साथै, मोटो भ्लगरद्वय सागर थापा (राइड विथ सागर) र सुमित जंग (टुह्वल एन्ड एड्भेन्चर)ले पनि यामाहा आफूजस्ता ब्लगरप्रति सदा सहयोगी रहेको बताउनु भयो । कार्यक्रमको अन्तमा सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो ।

एफजी २५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया