पेरुमा शक्तिशाली भूकम्प गयो


आर्थिकन्यूज

पुस ३० । पेरुको दक्षिण पश्चिमको पुकियो सहरभन्दा १२४ किलोमिटर टाढा ७.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प स्थानिय समयअनुसार बिहान ४ बजेर १८ मिनेट जाँदा आएको हो ।

Eco Roofing

शक्तिशाली भूकम्प गएपछि प्यासिफिक समुन्द्रबाट सुनामी आउने खतराबारे त्यहाँको स्थानिय प्रशासनले चेतावनी दिएको छ । आउने सुनामी १ देखि ३ फिट अग्लो हुनसक्ने पनि प्रशासनको अनुमान रहेको छ ।

भूकम्पको महशुस करिब १ करोड जनताले गरेको भूकम्प सम्बन्धी जानकारी प्रदान गर्ने स्वतन्त्र संस्था इएमएससीले बताएको छ ।

भूकम्पबाट कति क्षति भयो भनेर जानकारी आएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया