क्यालिफोर्नियामा गएको पहिरोले १९ जनाको ज्यान गयो


आर्थिकन्यूज

लस एन्जेलस, पुस ३० । अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । उद्वारकर्ताहरुले पहिरो गएको ठाउँमा अझैपनि खोजीकार्य जारी राखेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

बेला बेलामा मौसममा बदली भईरहेकाले उद्धारकार्यमा कठिनाई भईरहेको छ । पहिरोमा परी अहिले पनि ५ जना हराईरहेका छन् । अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण क्षति भएको बताइएको छ ।

पहिलोका कारण ६५ ओटा घर क्षतीग्रस्त भएका छन् भने अरु ४६२ ओटा घरमा दिर्घकालिन असर परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया