हलिउड फिल्मलाई प्रभावित पार्दै चिनिया फिल्म उद्योग विश्वव्यापी हुँदै


आर्थिकन्यूज

पुस ३० । पछिल्लो समय चीनको सिनेमा बजार विश्वव्यापी रुपमा आउन थालेको छ । केही समयअघिसम्म आफ्नै भाषालाई मात्रै प्राथमिकतामा राख्दा चिनिया फिल्महरु हेर्ने दर्शक उक्त भाषा बुझ्ने मात्र थिए । तर, पछिल्लो समय तीब्ररुपमा चीनको सिनेमा बजार बढ्दै जाँदा अमेरिकाको हउिडलाई समेत पछि पार्ने कुरा बाहिर आएको छ ।

सन् २०१७ मा मात्रै चीनको बक्सअफिस कलेक्सन ८.३६ बिलियन डलर पुगेको थियो । एक अध्यायनका अनुसार चिनको सिनेमा बजारले सन् २०२० सम्म अमेरिकाको फिल्म बजारलाई उछिन्ने देखाएको छ ।

सन् २०१६ को डिसेम्बर महिनाको तथ्यांकलाई हेर्ने हो भने चीनमा ४० हजार ९१७ वटा सिनेमा हल चलिरहेको छ । त्यसपछि ठ्याक्कै आँकडा नआए पनि चीनमा ३ हजारभन्दा बढी हलहरु थपिसकेको जनाएको छ ।

सन् २०१४ को डिसेम्बरको तथ्यांक अनुसार उत्तर अमेरिकामा ३९ हजार ३५६ सिनेमा हलहरु थिए । त्यसपछिको समयमा उत्तर अमेरिकाले हलहरुको संख्या चीनले जसरी थप्न सकेको छैन । यद्यपी अमेरिकामा पछिल्लो समय बनेका हलहरु प्रविधिको हिसावले एडभान्स रहेको छ । अमेरिकाले संख्या थप्ने भन्दा पनि नयाँ प्रविधिलाई भित्र्याई सिनेमा हलहरु बनाउन अमेरिका लागेको छ ।

त्यस्तै, चीनले गत वर्षको गर्मी महिना ताका विदशी फिल्महरुको प्रर्दशनमा रोक लगाएपछि त्यहाँको फिल्मले हालसम्मकै सर्वाधिक व्यापार रहेको थियो । विदेशी फिल्म हेर्ने दर्शकले अन्य फिल्म हेर्ने अवसर नपाउँदा स्वदेशी फिल्ममकै दर्शक झुम्मिएका थिए । सोही समयदेखि चीनमा फिल्म बजारको आकारमा ह्वात्तै वृद्धि भएको आंकलन गरिएको छ ।

एकलौटी बजार पाउँदा सो समयमा प्रदर्शनमा आएका सिनेमाहरुले अत्याधिक पैसा कमाए । त्यसको उदाहरण हो ‘उल्फ वारियर’ । उक्त सिनेमा रिलिज भएको १२ दिनमै सर्वाधिक कमाउने कमाउने चिनिया चलचित्रको रेकर्ड कायम गर्यो । सो अवधिमा फिल्मले ८२० मिलियन डलर कमायो ।

उता हलिउडका फिल्महरुले पनि १.३८ बिलियन जनसंख्या रहेको चीनलाई मुख्य बजारको रुपमा हेरिरहेको बेला चीनले भने अन्य देशमा बजार बिस्तार रहेको छ । आफ्नो देशमा फिल्ममा कोटा सिस्टम लागू गरेर अन्य देशमा चाँही आफ्नो बजार बिस्तार गर्ने चीनको रणनीति रहेको छ । तर, यस वर्षको शुरुवातसँगै चीनले अन्तराष्ट्रिय फिल्मको कोटा बढाउने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया