हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्डः चन्द्रप्रसाद ढकाल


आर्थिकन्यूज
हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्डः चन्द्रप्रसाद ढकाल

बेनी, पुस ३० । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाइड्रो र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताएका छन् ।

Eco Roofing

म्याग्दीउद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई शक्रबार सम्बोधन गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले एक जिल्ला एक उत्पादन(ओडिओपि) कार्यक्रम सञ्चालन गरेको बताए । उनले म्याग्दीमा कृषि उतपादनका अतिरिक्त खनिज पदार्थको उत्पादन र प्रशोधनको उत्तिकै सम्भावना रहेको बताए ।

मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अव सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको ढकालले बताए । तर त्यसकालागि झन्झटिला परम्परागत कानुनमा समयानुकुल संसोधन आवश्यक रहेको कुरामा उनले जोड दिए ।

रेमिटेन्स भित्राउने जिल्लाको रुपमा म्याग्दी अग्रणी रहेको बताउँदै यसरी भित्रिने रेमिटेन्सलाई सामुहिक लगानीमाआकर्षित गरी म्याग्दीको आर्थिक विकासमा लगाउन सबैसँग आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया