दराजबाट ४ हजार छुट सहित कलर्सको एस ११ किन्न पाइने


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । कलर्स मोबाइलले नयाँ ढाँचाको नवीनतम् मोबाइल फोन एस ११ सार्वजनिक गरेको छ । आफ्नो एस सिरिज समूहअन्तर्गत उक्त फोनमा मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान गरिएको छ ।

Eco Roofing

उक्त नयाँ स्मार्टफोनमा डबल क्यामरा जडान गरिएको छ । फोनमा ८ मेगापिक्सल क्षमताको दुई क्यामरा अगाडी रहेका छन् भनें ८ मेगापिक्सलकै एक क्यामरा पछाडी भागमा रहेको छ । सेल्फीको लागि महत्वपूर्ण मानिएको उक्त फोनबाट पृष्ठभूमिको सुन्दर दृश्यहरु पनि कैद गर्न सकिन्छ ।

यो नयाँफोन मेटालिक पूर्णताका साथफिन्गर प्रिन्ट सेन्सरले भरपूर छ । यसको बाहिरी बनावट नै सुन्दर रहेको छ । फोनमा ३ जिबीको र्याम र १६ जिबी रोम छ भनें यस्को संचालन एण्ड्रोइड एन (नउगाट ७.०) बाट गरिएको छ । त्यस्तै, ५.२ इन्चको स्क्रीन फोनमा रहेको छ ।

एस ११ फोनको दुवै साइडमा दुई वटा सिम कार्डहरु (फोर जी र थ्रि जि) राख्ने २ स्थान र मेमोरी कार्ड राख्ने स्थान रहेका छन् ।

शुक्रबार मोबाइल सार्वजनिक गर्दै टेलिटक प्रालिका प्रतिक जलानले भने ‘हुनतः दोहोरो क्यामरा फोन सन् २०११ मा पहिलो पटक प्रस्तुत गरिएको थियो, अहिले यो हरेक मोबाइल फोनमा नभै नहुने विशेषता नै भैसकेको छ । हामीले यो अद्वितीय ह्याण्डसेटलाई उत्कृष्ट परिचयात्मक मूल्यका साथ दराज वेबसाइट र दराज एपमार्फत् उपलब्ध गराइरहेका छौं ।’

फोनको बजार मूल्य १६ हजार ४९५ रहे पनि २४ प्रतिशत छुटका साथ दराज डटकम डट एनपिका लागि विशेष मूल्य १२ हजार ४९५ कायम गरिएको छ ।

यसका साथै ग्राहकले १२०० एमबिएनसेल डाटा एवं दराजमा अर्को पटकको खरीदमा २५० रुपैयाँ छुटको गिफ्ट भौचर पनि पाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया