माघे सक्रान्तिमा चाकु र तिलको लड्डु कसरी बनाउने ?


आर्थिकन्यूज

काठमाडौं, माघ ३० । माघे सक्रान्ति हिन्दू धर्मालम्वीको महत्वपूर्ण पर्व हो । माघे सक्रान्तिमा थारू समुदायले माघी पर्वका रूपमा पनि मनाउने प्रचलन छ । माघी मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । माघे सक्रान्ति दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने समुदाय अनुसार यसदिन विभिन्न परिकार बनाए खाने प्रचलन छ । तीमध्ये केही परिकार बनाउने तरिका यस्तो छ ।

Eco Roofing

भुजाको लड्डु:

आवश्यक सामग्री
१०० ग्राम भुजा
२५० ग्राम गुड
पकाउने विधि
सबैभन्दा पहिला भुजालाई तातो भाडामा राखेर केहि समय चलाउने । डल्ला परेको गुडलाई तातो भाडामा आगो सानो पारेको केही बेर पकाउने । राम्रोसँग पाकेको गुडमा भुजा राखेर केही समय चलाउने । हातमा पानी राखेर मिसाएको भुजा र गुडलाई आकार अनुसारको डल्ला बनाउने । जसबाट हाम्रो भुजाको लड्डु तयार हुन्छ ।

तिलको लड्डु:

आवश्यक सामग्री
२५० ग्राम तिल
२५० ग्राम गुड
१ चम्चा घ्यु
पकाउने विधि
सबैभन्दा पहिला तातो भाँडामा तिल राखेर रातो हुँदासम्म भुट्ने । तातोको भाडामा १ चम्चा घ्यु राखेर गुडलाई पकाउने । पाकेको गुडमा भुटेको तिल राखेर चलाउने । केही बेरमा मिक्स भएको गुड र तिललाई सानो सानो आकारमा डल्ला बनाएर तिलको लड्डु तयार गर्ने ।

बदाम चाकु:

आवश्यक सामग्री
१५० ग्राम बदाम
२०० ग्राम गुड
पकाउने विधि
सबैभन्दा पहिला बदामलाई भुट्ने । भुटेको बदामको बोक्रा निकाल्ने । त्यसपछि आगो सानो बनाएर तातो भाँडामा घ्यु र गुड राखेर पकाउने । पकाएको गुडमा बोक्रा निकालेको बदम राखेर पकाउने र केही बेरमा छुट्ट घ्यु लाएको भाँडामा खनाउने । त्यसलाई आकार अनुसारको बेलेर सानो पातलो बनाउने । केही मात्रामा चिसो भएपछि त्यसलाई आकार अनुसारको काट्ने । पूरै चिसो भएपछि त्यसलाई छुटाएर भाडामा राख्ने ।

पुष्टकारी:

आवश्यक सामग्री
बदाम, आल्मोन, नरिवल, छोकडा, काजु, सुकमेल
पकाउने विधि
भाडामा दूध र गुडलाई पकाउने । मज्जा पाकेको गुडमा बदम, आल्मोन, नरिवल, छोकडा, काजु, सुकमेल सबै राखेर पकाउने । पाकिसकेको पुष्टकारीलाई घ्यु राखेको भाडामा खनाउने र हल्का तातोमा नै हातमा घ्यु लाएर आकार अनुसारको डल्ला बनाएर पुष्टकारी बनाउने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया