नेको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रदको लागि कहिले हुँदैछ बुक क्लोज ?


आर्थिकन्यूज

काठमाडौं, पुस २० । नेको इन्स्योरेन्स कम्पनी (Neco Insurance Ltd.) ले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । उक्त हकप्रद शेयरको लागि माघ ९ गते शेयरधनी पुस्तिका बन्द हुने भएको छ । तसर्थ माघ ८ गतेसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

नेको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रदको लागि कहिले हुँदैछ बुक क्लोज ?

कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागे हो । हकप्रद निष्काशन गर्नका लागि एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत रहेको जनाउछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया