मिथिला लघुवित्तको बोनस पारित, ५० प्रतिशत हकप्रद आउने


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । मिथिला लघुवित्त विकास बैंक (Mithila Laghubitta Bikas Bank Ltd.) को नवौं वार्षिक साधारणसभाले बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस २९ गते बसेको सभाले १५ प्रतिशत बोनस शेयर र बोनसपछि कायम पूँजीको ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँको ५० प्रतिशतका दरले हकप्रद बिक्री गर्ने भएको हो ।

होटल वेलकम सभाहल जनकपुरमा सम्पन्न सभाले हरि प्रसाद काफ्ले र रामबाबु साह सुडीलाई संस्थापक सञ्चालकमा नियुक्त गरेको छ । त्यसैगरी सभाले हाल १० जिल्लामा कार्यक्षेत्र रहेको कम्पनीको कार्य क्षेत्र विस्तार गरी १५ जिल्लामा कार्यक्षेत्र पुर्याएको छ । बैंकले सप्तरी, सिरहा, उदयपुर, सिन्धुली, रामेछाप, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी १० जिल्लाका २१ शाखा कार्यालयबाट १४६६३ सदस्यलाई ४७ करोड ७९ लाख कर्जा लगानी गरी करिब १२ करोड ६८ लाख बचत संकलन गरेको छ ।

१० करोड अधिकृत पूँजी रहेको कम्पनीको हकप्रद जारी भएपश्चात पूँजी ९ करोड ८९ लाख ६६ हजार ९०७ रुपैयाँ पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया