निर्धन उत्थान बैंकको नाम फेरियो, ८० प्रतिशत लाभांश दिने


आर्थिकन्यूज
निर्धन उत्थान बैंकको नाम फेरियो, ८० प्रतिशत लाभांश दिने

काठमाडौं, पुस ३० । निर्धन उत्थान बैंक लिमिटेडले आफ्ना नाम परिवर्तन गरेको छ । बैंकको शनिबार बसेको १९ औं वार्षिक साधारणसभाले निर्धन उत्थान बैंकको नाम परिवर्तन गरेर निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड राख्ने निर्णय गरेको हो । बैंक तथा वित्तीस संस्था सम्बन्धी ऐन, २०७४ मा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो नामको पछाडी बैंक लेख्न नपाउने व्यवस्था गरेपछि निर्धनले उक्त निर्णय गरेको हो ।

बैंकका संचालक समितिका अध्यक्ष गणेश बहादुर थापाको सभापतित्वमा सम्पन्न सो साधारण सभाले आ.व. २०७३/७४ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७३/७४ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु सर्वसम्मतले पारित गरेको छ ।

साधारणसभाले गत असार मसान्त सम्मको चुक्ता पूँजी ६० करोड रुपैयाँको १४.०४ प्रतिशतले हुन आउने ८ करोड ४२ लाख १० हजार ५ सय २६ रुपैयाँ नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत)  वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । त्यसै गरी बैंकको अधिकृत पूँजी रु. १०० करोडबाट वृद्धि गरी रु. २०० करोड पु¥याउने, संचालक समितिबाट सिफारिश तथा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम आ.व. २०७३/७४ को मुनाफाबाट हाल कायम बैंकको चुक्ता पूँजीको ६६/६७ प्रतिशतले हुन आउने रु.४० करोड बराबरको बोनश शेयर जारी गर्ने, बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि प्रस्तावित बोनश शेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, बैंकको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने ९नाम परिवर्तन, अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक समूहको शेयर स्वामित्वमा परिवर्तन गर्ने, संचालकहरुको सुविधामा वृद्धि गर्ने०, बैंकको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको ब्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।

साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफनो मन्तब्य दिनु भएको थियो ।

सो साधारण सभाको संचालन बैंकका कम्पनी सचिव राम बहादुर चौधरीले गर्नु भएको थियो । वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित शेयरधनीहरुले सर्वसम्मतिबाट स्वीकृत गरेका थिए ।

लघुवित्त कार्यक्रमको यात्रा

नेपालमा विपन्न गरीब परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन प्रभावकारी बैंकिङ्ग पद्धतिको टड्कारो आवश्यकता देखिएको समयमा नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर स्वर्गीय डा। हरिहरदेव पन्तको अग्रसरतामा वि.सं. २०४७ साल चैत्र १७ गते “निर्धन” (गैर सरकारी संस्था)को स्थापना गरी रुपन्देही जिल्लाको सिक्टहन गाउँपालिकाबाट धितो बेगर समूह जमानीमा वि.सं.२०४९ साल चैत्र १ गते लघुकर्जा वितरण गरी देश मै पहिलो लघुवित्त संस्थाको बिजारोपण भएको थियो । गैर सरकारी संस्थाबाट दिगो रुपमा ब्यापक तरिकाले सेवा प्रवाह गर्न नसक्ने अनुभव भएपछि मातृ संस्था निर्धन कै पहलबाट वि.सं. २०५५/०७/१२ गते निर्धन उत्थान र्बैक लिमिटेडको स्थापना भएको हो । बैंकले आफनो सेवाको सफलतापूर्वक १९ वर्ष पार गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया