पुस मसान्तको दिन पनि साधारणसभा कै चटारो, के-के छन् प्रस्ताव !


आर्थिकन्यूज
साधारणसभा

काठमाडौं, पुस २९ । पुसको अन्तिम साता नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत र सुचीकृत नभएका कम्पनीलाई पनि साधारणसभा गर्ने चटारो नै पर्र्यो । सूचीकृत १३ कम्पनीले शुक्रबार वार्षिक साधारणसभा गर्न भ्याए । त्यस्तै तीन लघुवित्त कम्पनीसहित पाँच कम्पनीले शनिबार साधारणसभा सम्पन्न गर्दैछन् ।

शनिबार साधारणसभा गर्नेमा नेरुडे लघुवित्त विकास बैंक, मिथिला लघुवित्त विकास बैंक, निर्धन उत्थान बैंक, कञ्चन डेभलपमेन्ट बैंक र युनाईटेड फाइनान्स रहेका छन् ।

त्यसैगरी पुसको मसान्त अर्थात ३० गते आइतबार पनि ६ वटा सूचीकृत कम्पनीले साधारणसभा गर्ने भएका छन् ।

त्यस्तै माघ ३ गते कार्य क्षेत्र विस्तार गर्नेगरी हाम्रो विकास बैंकले विशेष साधारणसभा बोलाएको छ । नेपाल हाइड्रो डेभलपरले पनि माघ ४ गते विशेष साधारणसभा र ज्योती लाईफ इन्स्योरेन्सले माघ १० गते आईपीओ निष्कासन गर्ने प्रस्तावसहित पहिलो साधारणसभा डाकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया