नेप्सेको ३६ औं साधारणसभा, पारित भयो त लाभांश ?


आर्थिकन्यूज
नेप्से

काठमाडौं, पुस २९ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ३६ औं साधारणसभा सम्पन्न भएको छ । पुस २९ गते शनिबार सम्पन्न सभाले गत वर्षको मुनाफाबाट ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

गत वर्षको वार्षिक वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३४ दशमलव ६० प्रतिशत, एनआईडीसीको ६ दशमलव १२ प्रतिशत र सदस्य दलाल शुन्य दशमलव ६२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

पारित लाभांश अनुसार सबैभन्दा बढी लाभांश सरकारले ८ करोड ७९ लाखभन्दा बढी र नेपाल राष्ट्र बैंकले ५ करोड १९ लाख रुपैयाँ लाभांश पाउने देखिन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया