एनसेल मेला जाउलाखेल मैदानमा


आर्थिकन्यूज

काठमाडौं, पुस २९ । एनसेलले शनिबार ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ आयोजना गरेको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवालङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न मेला आयोजना गरेको एनसेलले जनाएको छ ।

विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउला खेलमा आयोजना गरेको कम्पनीले बताएको छ ।

गीत-संगीतलगायत सबै उमेर समुहका दर्शक तथा आगन्तुकहरुका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई कम्सर्ट सहित साँझ ६ बजे सम्मचल्ने छ । चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरुले मेलामा सहभागी सबै दर्शकलाई आ(आफ्ना प्रस्तुतीहरु मार्फत मनोरञ्जन प्रदान गर्ने आयोजकले बताएको छ ।

मेलाको अरु आकर्षणहरुमा विभिन्न गेम स्टलहरु, किडस् जोन, फोरजीजोन र फुड स्टलहरु पनि रहेनछन् । एनसेल मेलामा स(सानाबाल बालिकाहरुको गायन प्रतिभाउजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी बालबालिकाकालागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायतविविध आकर्षणका रुपमा रहेका छन् ।

आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहनेछन् । प्रवेश निःशुल्क हुने यस मेलामा रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।

“पोखरा र विराटनगरमा भव्य रुपमामनोरञ्जन प्रदानगर्न सफलएनसेल मेलाले काठमाडौं उपत्यकामा पनि दर्शकहरुलाई आ(आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदानगर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेर सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “मेलामा आगन्तुकहरुले कम्पनीले २१ शहरमा प्रदानगर्दै आएको देशकै वृहद नेटवर्क भएको फोरजी सेवालगायतअन्य सेवा र सुविधाहरुकाबारेमा पनि जानकारी लिन सक्नेछन् ।”

यस अघि एनसेलले पोखरामा पुस ८ गते र विराटनगरमा पुस १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया